Tuesday, 09, August, 2022 info@saipalnews.com

कोरोना रोकथामका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग देउवाको टेलिफोन संवाद

काठमाडौं २३ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुलाई टेलिफोन गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिबारे छलफल गरेका छन् । देउवाले आइतबार फोलिफोनबाट पुष्पकाल दाहाल ‘प्रचण्ड’, लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनबाट कोरोना भाइरसको बारेमा कुरा गरेको सामाजिक संजाल फेसबुकबाट जानकारी गराएका छन् ।

कोरोना संक्रमणको महामारीबाट नेपालीलाई जोगाउन गम्भीर भएर अघि बढ्नेबारे कुराकानी भएको हो । यस विषयमा केही दिनमै बैठक बसेर विस्तृतमा छलफल गर्ने कुरा भएको पूर्वप्रधानमन्त्री देउवाले फेसबुकबाट सार्वजनिक गरेका छन् ।