Saturday, 18, September, 2021 info@saipalnews.com

हालसम्म १५ सय २९ जनाको मात्र कोरोना परीक्षण

काठमाडौं २३ चैत । हालसम्म नेपालमा अहिलेसम्म १५ सय बढीको कोरोना परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा विकास देवकोटाका अनुसार आइतबारसम्म १५ सय २९ जनाको कोरोना परीक्षण भएको जानकारी गराउनु भएको छ । परीक्षण गरिएकामध्ये ९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

अन्य एक सय १३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। ‘उपत्यकामा १२ र उपत्यका बाहिर १ सय १ गरेर एक सय १३ जनाको आइसोलेसनमा उपचार भइराखेको प्रवक्ता देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।शुक्रबारसम्म ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुसहित अहिले देशभरका सात स्थानमा कोरोना परीक्षण सुरु भएको छ।

‘उपत्यका बाहिर ६ ठाउँमा कोरोना परीक्षण सुरु भएको छ’, प्रवक्ता देवकोटाले भने, ‘धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटौंडा र धनगढीमा परीक्षण भइरहेको जानकारी गराएका छन् ।देवकोटाका अनुसार बुटवलमा सोमबारबाट परीक्षण सुरु हुनेछ भने चितवनमा आइतबारबाटै परीक्षण सुरु भएको छ। चितवनमा परीक्षण सुरु भएपछि उत्पत्यका बाहिर सात ठाउँमा टेष्ट सुरु हुने प्रवक्ता देवकोटाले जानकारी गराएका छन् ।