Wednesday, 19, January, 2022 info@saipalnews.com

कोरोनाको खोप पत्ता लगाएकै हो त ? कहिलेसम्म आउला बजारमा

काठमाडौँ २३ चैत । पिटसवर्गका एक डाक्टरहरुको समूहले दाबी गरे अनुसार उनले कोरोना सम्बन्धी खोप पत्ता लगाएका छन् । हुनत चैतको पहिलो हप्ता चीनले पनि कोरोना विरुद्धको खोप विभिन्न समूहमा परीक्षण गरिरहेको समाचार प्रकाशित भएको थियो । त्यस्तै, दोस्रो हप्ता अमेरिकाकै एक कम्पनीले कोरोना विरुद्धका औषधी प्रयोगमा ल्याउन सफल भएको दाबी गरेको थियो ।

यही दाबी गर्नेहरुमा अर्को समूह-व्यक्ति अमेरिकी डाक्टर थपिएका छन् । पिटसवर्ग मेडिकल सेन्टर युनिभर्सिटी यूपीएमसीमा कार्यरत यी डाक्टरहरुले कोरोना भाइरस कोभिड–१९ विरुद्धको सम्भावित खोप पत्ता लगाएको दाबी गरेका हुन् । उनीहरुले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आफूहरुले २१ जनबरीदेखि नै खोपको विपकास सुरु गरेको जानकारी दिएका छन् ।

उनीहरुले बताए अनुसार सुरुमा यो खोप मुसामा परीक्षण गरिएको थियो । २ सातामा खोपको प्रभावले मुसामा भाइरसविरुद्ध एन्टिविडिज विकास भएको उनीहरुको दाबी छ । कोभिड–१९ को खोपका लागि अनुसन्धानरत यो समूहले सो खोप कोरोना भाइरसका लागि निकै प्रभावकारी हुने बताएका छन् । जुन खोप लिँदा कुनै पीडा नहुने पनि ती शोधकर्ताहरुको भनाइ छ ।

उनीहरुले आफ्नो अनुसन्धानका उपलब्धिहरुलाई अघि सार्दै के दाबी गरेका छन् भने कोभिड–१९ सँग सार्स र मार्स भाइरस पनि निकै मिल्दाजुल्दा थिए । सोही अनुभवले अहिले यो खोप बनाउन आफूहरुलाई मार्गनिर्देश गरेको उनीहरुको दाबी छ । तर, विशेषज्ञहरु यो खोप बजारमा पाउन सक्ने हुनका लागि आउने १२ देखि १८ महिनासम्म लाग्ने अनुमान गर्छन् ।

तर युपिएमसीका ती शोधकर्ताहरुको भनाइ भने फरक छ । उनीहरु सरकारले समयमै अनुमोदन गर्ने वा साथ दिने हो भने त्यस्तो लामो समय नलाग्ने बताउँछन् ।उनीहरुका अनुसार समयसीमा सरकारको अनुमोदन र परीक्षणमा भर पर्ने छ । उनीहरुले सरकारबाट अनुमोदनको अपेक्षा गरेका छन् ।

अनुमोदन हुनासाथ यसको परीक्षण सुरु गर्ने उनीहरुको भनाइ छ । स्मरणीय के छ भने अहिलेसम्म कोभिड–१९ विरुद्ध सेल्फ क्वारेन्टाइनमा वा आइसोलेसनमा बसे पनि, डाक्टरहरुको निगरानीमा बसे पनि कोरोना प्रभावित बिरामीलाई कुनै खास किसिमको न त औषधि नै प्रयोग गराइएको छ न खास विधिको उपचार नै फिक्स भइसकेको अवस्था छ ।

बिरामीलाई रोग लागेको थाह पाएपछि प्रतिरोधी क्षमता बढाउने र सुरक्षित तबरले विभिन्न एन्टिबायोटिक वा निमोनियाको औषधि खुवाउने गरेको पाइएको छ । निर्माण सञ्चारबाट साभार ।कोरोना लागेर उपचार भएपछि पनि संक्रमणको सम्भावना रहने विश्लेषकहरुले बताएको अवस्थामा रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै बढी बुद्धिमानी हुने भन्दै विश्वभरका सरकारहरुले मानिसहरुलाई सुरक्षित तवरले घरभित्रै बस्न सूचना प्रवाह गरिरहेको अवस्था छ ।