Wednesday, 22, September, 2021 info@saipalnews.com

अछामको तुर्माखाँद गाउँपालिकाले बनायो २५ वार्डको क्वारेन्टाइन

धनगढी २३ चैत्र । पुर्वि अछामको तुर्माखाद गाउँपालिकाले क्वारेन्टाइन तयार गरेको छ । विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि २५ वेडको क्वारेन्टाइन तयार गरेको हो ।पालिकाको केन्द्र तुर्माखाँदमा रहेको कालिकेश्वरी माध्यामिक विद्यालयमा सो क्वारेन्टाइन तयार गरिएको हो ।

खुल्ला सीमाकारण भारतबाट गाउँमा ठुलो संख्यामा मानिसहरु आएकाले गाउँपालिकाले कोरोनाको उच्च जोखिमको रुपमा रहेको हेरिएको छ ।नेपाल सरकारले लकडाउन लगाए पश्चात भारत तथा अन्य देशबाट अछाम जिल्ला आउने अधिकांश मानिसहरु पैदल यात्रा गरेर यसै गाउँपालिकाबाट जाने गर्दछन । तुर्माखाँद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले पालिका हरेक नाकामा हेल्थ डेस्क स्थापना गरेको बताए ।

उनले भारतबाट आउने र आइसकेकालाई हरेक वडामा क्वारेन्टाइन निर्माण गर्न वडालाई निर्देशन दिएको बताए । उनले भने अब सबै वडामा क्वारेन्टाइन निर्माण हुँदै छ । भौगोलिक रुपमा कठिनाइको कारण सबै वडा निर्माण गर्न असहज भएको बताउनु भएको छ ।