Saturday, 18, September, 2021 info@saipalnews.com

बैशाख २ गतेसम्म जोशीपुर गाउँ क्षेत्रका पसल बन्द गर्न स्थानीयलाई,पालिकाको अपिल

धनगढी २३ चैत्र ।गाउँ भित्रका पसलहरु पुर्णरुपमा बन्द गर्न जोशीपुर गाउँपालिकाले आह्वान गरेको छ । आइतबार गाउँपालिकाको प्रकोप व्यवस्थापन समितिको बैठकले जोशीपुर गाउँ क्षेत्रका बजार तथा पसल पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको  गरेको हो ।

बैठकले चैत्र २३ गतेदेखी बैशाख २ गतेसम्म गाउँ क्षेत्रका बजार तथा पसल पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जोशीपुर गाउँपाकिलाका प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्यायले जानकारी दिए । विश्वमा फैलिएको महामारीको कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनको लागि सरकारले गरेको लकडाउनलाई पुर्णरुपमा पालन गर्न बैठकले अपिल समेत गरेको अधिकृत उपाध्यायले बताए । उनले भने‘ यो गाउँपालिकामा खुल्ला सिमाकारण भारतबाट धेरैको संख्यमा आएकाले सबैलाई क्वारेन्टाइनमा राख्नु पर्ने अवस्था छ ।

लकडाउनलाई सफल पार्न आ९आफ्नो ठाउँबाट सहयोग गरी दिन सम्पुर्ण गाउँबासीहरुलाई जोशीपुर गाउँपालिकाले अनुरोध समेत गरेको छ । लकडाउनको समयमा गाउँ क्षेत्रका बजार तथा पसल खुल्ला भएको पाएको खण्डमा कडा कारबाही हुने समेत गाउँपालिकाले जनाएको छ ।गाउँ भित्रका पसलहरु पुर्णरुपमा बन्द गर्न जोशीपुर गाउँपालिकाले आह्वान गरेको छ । आइतबार गाउँपालिकाको प्रकोप व्यवस्थापन समितिको बैठकले जोशीपुर गाउँ क्षेत्रका बजार तथा पसल पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको  गरेको हो । बैठकले चैत्र २३ गतेदेखी बैशाख २ गतेसम्म गाउँ क्षेत्रका बजार तथा पसल पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जोशीपुर गाउँपाकिलाका प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्यायले जानकारी दिए ।

विश्वमा फैलिएको महामारीको कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनको लागि सरकारले गरेको लकडाउनलाई पुर्णरुपमा पालन गर्न बैठकले अपिल समेत गरेको अधिकृत उपाध्यायले बताए । उनले भने‘ यो गाउँपालिकामा खुल्ला सिमाकारण भारतबाट धेरैको संख्यमा आएकाले सबैलाई क्वारेन्टाइनमा राख्नु पर्ने अवस्था छ ।

लकडाउनलाई सफल पार्न आ-आफ्नो ठाउँबाट सहयोग गरी दिन सम्पुर्ण गाउँबासीहरुलाई जोशीपुर गाउँपालिकाले अनुरोध समेत गरेको छ । लकडाउनको समयमा गाउँ क्षेत्रका बजार तथा पसल खुल्ला भएको पाएको खण्डमा कडा कारबाही हुने समेत गाउँपालिकाले जनाएको छ ।