Wednesday, 18, May, 2022 info@saipalnews.com

राष्ट्र बैंकको नयाँ गभर्नर बने महाप्रसाद अधिकारी

काठमाडौं २४ चैत । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा.राजन खनालको नाम सिफारिस गरेको थियो ।

गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ ।उनी यसअघि डा.चिरञ्जीवि नेपालसँगै गभर्नरमा सिफारिस भएका थिए ।

तत्कालीन अर्थमन्त्री डा.रामशरण महतले उनलाई सिफारिस गरे पनि सुशील कोइराला नेतृत्वको सरकारले नेपाललाई गभर्नर नियुक्त गरेको थियो । नेपाल ५ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि अधिकारीले दोस्रो पटकमा गभर्नर बन्ने मौका पाएका छन् ।अनलाइनखबरबाट साभार ।