Thursday, 23, September, 2021 info@saipalnews.com

प्रविधि प्रति पूर्वमन्त्री दीर्घ सोडारीको चासो

कैलाली २५ चैत । स्थानीय रुपमा रहेका युवा वैज्ञानिकहरुले कोरोना भाइरस टेस्टइङ बूथ निर्माण पश्चात स्वास्थ्यकर्मीले बिरामीको प्रत्यक्ष सम्पर्कमा नआएरै जाच गर्न सकिने प्रविधि निर्माण गरेपछि सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक  विकास मन्त्री दीर्घ सोडारीले चासो देखाएका छन् ।

पूर्वमन्त्री सोडारीले तीन जना युवा वैज्ञानिकहरुले क्याम्पसरोडमा निर्माण गरेको सो टेस्टइङ बूथ धनगढी स्थित सेतिप्रदेशीक अस्पताल पु-याउन सहयोग गरेका छन् । उनले सोमबार सेती प्रादेशीक अस्पतालमा परिक्षणको लागि धनगढी पुराउन सहयोग गरेका हुन् ।

उनले भने यस्तो महामारीको बेला स्थानीय श्रोतसाधन प्रयोग गरेर बनाइएको बुथ राम्रो भएपनि त्यसको प्रभावकारीता हेरेर अन्य ठाउँमा राख्नु पर्ने धारणा राखे । सोडारीले भने अस्पतालले प्रयोगमा ल्याएर प्रभावकारीताकोबारेमा अध्यायन गरोस् । त्यस पछि राम्रो देखीय सरकारले यसतर्फ ध्यान दिनु पर्ने बताएका छन् ।