Wednesday, 19, January, 2022 info@saipalnews.com

तिम्रा पाइलाहरु ! युद्ध जित्ने पदचाप बनुन्

तिम्रा पाइलाका चालहरु

सबैका लागि अनुकरणीय बनुन्

युद्ध जित्ने पदचाप बनुन्

 

तिम्रा पाइलाका चालहरु

ईतिहासका अमिट छाप बन्न सकुन्

बर्तमानका प्रेरणादायी चाल बन्न सकुन्

भावी सन्ततिलाई प्रेरणा दिने चाल बन्न सकुन्

तिम्रा पाइलाका चालहरु

जस्तै हावाहुरीमा पनि

टक टक हिडिरहुन्

कसैले औँला नठडयाउने

निश्कलङक छापहरु बनुन्

तिम्रा पाइलाका चालहरु

एकलब्यले सुस्केरा हाले झै खुई खुई जस्तो नहुन्

दशवटै औँलाले पियानो बजाए झैँ

सुमधुर आवाज गुन्जायमान हुन सकुन्

तिम्रा पाइलाका चालहरु

क्षणिक लाभ र फाइदाका लागि कदम नबनुन्

निश्वार्थ, प्रेम, एकता र भाईचाराका कदम बन्न नसकुन्

न्याय, समानता, समृद्धि र सुशासनका कदम बन्न सकुन्

लेखक :  प्रेमल कुमार खनाल

केन्द्रिय सदस्य : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)