Wednesday, 22, September, 2021 info@saipalnews.com

पूर्वमन्त्री सोडारी पहलमा धनगढीमा भित्रियो आरटीपीसीआर मेसीन

धनगढी २६ चैत्र । सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीले प्रदेशमा कोरोना विरुद्धको लडाईमा आफ्नो सक्रियता बढाएका छन् । सरकारले सुदूरपश्चिम प्रदेश लाई कोरोना भाइरसको देशकै उच्च जोखीममा राखेपछि सोडारीको सक्रियता बढेको हो ।

प्रदेशको सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा संचालनमा रहेको कोराना भाइरस कोभिड १९ को परिक्षण गर्ने मेसिनले दैनिक ८ जनाको मात्र परिक्षण गर्न थालेपछि सोडारी संघीय सरकारका कृषि मन्त्री घनश्याम भुसाललाई संक्रमणको उच्च जोखिममा रहेको सुदुरपश्चिम प्रदेशमा धेरै भन्दा धेरै व्यक्तिको नमुना परिक्षण गर्न आवश्यक देखिएको भन्दै  केन्द्रीय पशु प्रयोगशालामा रहेको आरटीपीसीआर मेसिन जडान धनगढीमा जडान गर्न अनुरोध गरेका थिए ।

सोडारीको अनुरोध पछि संघीय सरकारका कृषि मन्त्री भुसालले परिक्षणलाई प्रभाकारी रुपमा अगाडि बढाउनको लागि केन्द्रीय पशु प्रयोगशालाको पिसिआर मेसिन बुधबार बिहानै नेपाली सेनाको स्काइट्रकमा राखेर धनगढी ल्याइएको छ ।

हाल धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना संक्रमणको परीक्षणमा संलग्न सुनिलप्रसाद लेखक र प्रदेशको कृषि मन्त्रालयका सचिवसंग सल्लाह गरेर सो मेसीन धनगढी ल्याउन प्रदेश सभा सदस्य समेत रहेको सोडारीले पशुपन्छी रोग अन्वेशषण प्रयोगशालामा केही सामान र राम्रो भौतिक सुविधा रहेकोले त्यही नै प्रयोगशाला राख्न पर्ने बताएका थिए ।

गत मंगलबार संघीय सरकारले चीनबाट ल्याएर पठाएको सो मेसिनले दैनिक आठ जनाको मात्रै परीक्षण गर्ने गर्दछ । भने पशु प्रयोगशालाको उपकरणले एक पटकमा ९० स्वाब परीक्षण गर्न सक्छ । पशु प्रयोगशालाको उपकरणले दिनमा तीन पटक परीक्षण गर्न सक्छ । त्यसरी परीक्षण हुँदा दैनिक २ सय ७० को हाराहारीमा स्वाब परीक्षण गर्न सक्ने बताइएको छ ।

एकपटकमा ९० वटा स्वाबको परीक्षण गर्न साढे तीन घण्टासम्म लाग्ने विज्ञ लेखकले भनाइ छ । अहिले सेतीमा रहेको उपकरणले झण्डै एक घण्टा १० मिनेटमा एउटा मात्रै स्वाब परीक्षण गर्ने गरेको छ । सो गतिमा काम हुँदा दिनभर आठ वटा मात्रै स्वाब परीक्षण गर्न सक्ने अवस्था छ ।

साथै सो मेसीनलाई अहिले धनगढी एनचोक स्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको भवनमा जडना गरीदै छ । मेसीन धनगढी आएसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना रोगका संक्रिमतहरुको परिक्षण तिव्र गतिमा हुने विश्वास लिइएको छ ।

स्थानीय रुपमा रहेका युवा वैज्ञानिकहरुले कोरोना भाइरस टेस्टइङ बूथ निर्माण पश्चात स्वास्थ्यकर्मीले बिरामीको प्रत्यक्ष सम्पर्कमा नआएरै जाच गर्न सकिने प्रविधि निर्माण गरेपछि पूर्वमन्त्री सोडारीले तीन जना युवा वैज्ञानिकहरुले क्याम्पसरोडमा निर्माण गरेको सो टेस्टइङ बूथ धनगढी स्थित सेतिप्रदेशीक अस्पताल पु९याउन सहयोग गरेका थिए ।

उनले सोमबार सेती प्रादेशीक अस्पतालमा परिक्षणको लागि धनगढी पुराउन सहयोग गरेका हुन् । उनले भने यस्तो महामारीको बेला स्थानीय श्रोतसाधन प्रयोग गरेर बनाइएको बुथ राम्रो भएपनि त्यसको प्रभावकारीता हेरेर अन्य ठाउँमा राख्नु पर्ने धारणा राखे । सोडारीले भने अस्पतालले प्रयोगमा ल्याएर प्रभावकारीताकोबारेमा अध्यायन गरोस् । त्यस पछि राम्रो देखीय सरकारले यसतर्फ ध्यान दिनु पर्ने बताएका छन् ।