Thursday, 27, January, 2022 info@saipalnews.com

परशुराम नगरपालिकाका नगरप्रमुखले मास्क वितरणका लागि पार्टी कार्यकर्ता खटाए, वडा अध्यक्ष भन्छन् समन्वय भएन्

डडेल्धुरा २६ चैत । डडेल्धुराको परशुराम नगरपालिकामा मास्क वितरणका लागि नगरप्रमुखले पार्टी कार्यकर्तालाई जिम्मा लगाएपछि वडा अध्यक्षहरुले समन्वय नगरेको गुनासो गरेका छन् । आफ्नै वडामा मास्क वितरण भईरहदा आफुहरु अनविज्ञ रहेको वडा अध्यक्षहरुको भनाई रहेको छ ।

हरेक क्षेत्रबाट प्राप्त राहत सामाग्री जनप्रतिनिधी मार्फत वितरण गरिने नितिगत रुपमा व्यवस्था गरिए पनि नगरप्रमुखले कार्यकर्ता परिचालन गर्नु गैह्रजिम्मेवारी भएको परशुराम नगरपालिका वडा नं. ९ का अध्यक्ष रमेश बोहराले बताए ।

कोरोनाको संक्रमण फैलिन नदिन र जनसेचतिकरण गर्नका लागि एकद्वार प्रणाली मार्फत राहत तथा अन्य अत्यावश्यक सामग्री वितरण गरिनुपर्ने भएपनि परशुराम नगरपालिकाका प्रमुखले नै हरेक वडामा पार्टी कार्यकर्ता परिचालन गरेको अध्यक्ष बोहराको आरोप छ ।