Wednesday, 19, January, 2022 info@saipalnews.com

ह्याकर समूहले भायानेट ह्याक गरि १ लाख ७० हजार ग्राहकको विवरण सार्वजनिक ग-यो

काठमाडौं २६ चैत । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटका १ लाख ७० हजार ५ सय ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक भएको छ । ह्याकर समूहले कम्पनीको प्रणालीमा अनाधिकृत रुपमा प्रवेश गरेर ग्राहकको व्यक्तिगत विवरण लिएर सार्वजनिक गरेको हो ।मंगलबार राती ह्याकर समूहले प्रयोगकर्ताको नामसहित इमेल, फोन नम्बर र ठेगाना सार्वजनिक गरेको हो ।

तथ्यांक चोरी भएको तथ्य ट्विटरमार्फत सार्वजनिक गरिएको थियो । कहिले र कसरी डाटा चोरी भएको भन्नेबारे कम्पनीले आन्तरिक अनुसन्धान सुरु गरेको इन्टरनेट सेवा प्रदायक संघ ९ईस्पान०का एक पदाधिकारीले बताए ।‘फुडमान्डुका ग्राहकको तथ्यांक यसरी गरी चोरेर सार्वजनिक गरिएको एक महिना नपुग्दै अर्को घटना हुनु दुःखद् छ,’ ती पदाधिकारीले भने,’यसमा प्रहरीले गम्भीर भएर अनुसन्धान गर्नुपर्छ ।’