Wednesday, 22, September, 2021 info@saipalnews.com

बाजुरामा गोली हानी श्रीमतीको हत्या, श्रीमान पक्राउ

बाजुरा २७ चैत । गौमुल गाउँपालिका ४ मा एक महिलालाई गोली हानेर हत्या गरिएको छ । बुधबार राती ३३  वर्षीया सुन्तु रोकायालाई भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।सुन्तुका ४० वर्षीय श्रीमान् गोरख रोकायाले गोली हानी हत्या गरेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन्  ।

भैंसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अवस्थामा फेला परेपछि बिहीबार बिहान मात्र माइती पक्षले प्रहरीलाई जानकारी दिएको ठगुन्नाथले बताए । जानकारीपछि गौमुल गाउँपालिकाको केन्द्र घटमुना प्रहरी चौकीबाट प्रहरी टोली गएको र मृतकका श्रीमान गोरख रोकाया र एक थान बरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।मृतक सुन्तुको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।

गौमुलको टोलीले घटनास्थल पुगेर अनुसन्धा थालिसकेको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नको कमाण्डमा टोली घटनास्थलतिर गइरहेको छ । घटना के कति कारणले भएको हो थप विवरण टोली पुगेपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ। अन्नपुर्ण पोष्टबाट साभार ।