Saturday, 18, September, 2021 info@saipalnews.com

तुर्माखाँदले बनायो २० लाखको प्रकोप व्यवस्थापन कोष

धनगढी २७ चैत्र । पूर्वी अछामको तुर्माखाद गाउँपालिकाले कोरोना भाइरस जोखिम न्यूनिकरण तथा उपचारको लागि स्थानीय तह प्रकोप व्यवस्थापन कोष बनाएको छ । गाउँ कार्यपालिकाको बैठकले सो राहत कोषमा २० लाख  रुपैया जम्मा गर्ने निर्णय गरेको छ ।

विश्वभर फैलिएको महामारीका विरुद्ध लड्नको लागि तुर्माखाँद गाउँपालिकाले अन्य संघ, सस्था, व्यापारी लगाएतकाले उक्त कोषमा रकम जम्मा गर्न अपिल समेत गरेको छ । पालिकामा रहेको नविल बैँक शाखामा रहेको सो रहात कोषको खाता नम्बर ०७९०१०१७५००२६ मा रकम जम्मा गर्न सकीने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले जानकारी दिए ।

उनले पालिका कार्यरत कर्मचारीले आफ्नो पारिश्रमिक बाफतको १ लाख ४० हजार ४ सय ७० पैसा सो खातामा जम्मा गरेको समेत बताए । अध्यक्ष शर्माले पालिकामा कसैलाइ भोको तथा मर्न नदीने बताए । उनले यस्तो संकटको बेला सबैले सहयोग गर्नु पर्ने धारणा राखे । पालिकाले सबै वडामा क्वारेन्टाईन बनाउँदै ।

पालिका केन्द्रमा २५ वेडको क्वारेन्टाइन तयार पारीएको छ । सबै स्वाथ्य चौकी तथा क्वारेन्टाईनमा पिपइ लगाएतका सामग्री उपलब्ध गराएको अध्यक्ष शर्माले जानकारी दिए । साथै पालिकाले सबै लाई लकडाउन पुर्णरुपमा पालना गर्न समेत अपिल गरेको छ ।