Tuesday, 09, August, 2022 info@saipalnews.com

सुदूरपश्चिममा पीसीआर मेसीनबाट कोरोना परीक्षण शुरु

कैलाली २९ चैत । केन्द्रीय पशु प्रयोगशाला काठमांडौबाट ल्याइएको पीसीआर उपकरणबाट स्वास परीक्षण शुरु भएको छ । शनिबार धनगढीको एलएन चोकमा रहेको पशु अन्वेषण केन्द्रको प्रयोगशालामा परिक्षण शुरु गरिएको हो ।

सुदूरपश्चिममा चार जनालाई कोरोना संक्रमण देखिएपछि स्वास परीक्षणको लागि पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीको पहलमा संघीय सरकारका कृषि मन्त्री घनश्याम भुसालले सो मेसीन धनगढी पठाएका थिए ।

केही उपकरणको अपुगकाकारण बुधबार सेनाको स्काइ ट्रकबाट धनगढी ल्याइएको ल्याइए पनी सञ्चालनमा ल्याउन सकिएको थिएन । प्रदेशको सामाजिक विकास मन्त्रालयले अपुग उपकारणहरु ल्याए पछि परिक्षण शुरु भएको हो ।

उपकरणले झण्डै पाँच घण्टामा ९६ वटा स्वास परीक्षण गर्ने बताइएको छ ।  त्यसअघि चीनबाट ल्याएर संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको उपकरणले एक घण्टा १० मिनेटमा एउटा मात्रै स्वाब परीक्षण गर्ने गरेको छ ।