Wednesday, 22, September, 2021 info@saipalnews.com

उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुँवरद्धारा बर्दगोरीया गाउँपालिकालाई १ लाख सहयोग

कैलाली २९ चैत । बर्दगोरीया गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम राहत तथा उद्धार कोषमा सहयोगीहरुबाट सहयोग प्राप्त हुने क्रम दिन प्रतिदिन बढदै गएको छ । गाउँपालिकाको राहत तथा उद्धार कोषमा कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा समाजसेवि कर्ण कुँवरले १ लाख सहयोग गरेका छन् ।

शनिबार कुँवरले गाउँपालिका अध्यक्ष बलीराम डगौरा थारुलाई  नगद १ लाख रकम हस्तान्तरण गरेका हुन् । कुँवरले कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथाम गर्न औषधि छर्कनका लागि उक्त रकम गाउँपालिकालाई सहयोग गरेको बताए ।

समाजसेवि कुँवले गाउँपालिकालाई औषधी छर्कन पहल गर्दै आफुबाट सुरु गरी रकम हस्तान्तरण गरेको बताए । गाउँपालिकाका ६ वटै वडामा कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथाम गर्न सोडियम हाईफोक्लोराईड रसायन औषधी छर्कने भएको छ । पुर्व उद्योग वाणिज्य संघ अध्यक्ष तथा समाजसेवि कुँवरले गाउपालिकाका विपन्न वर्गलाई सहयोग गर्दै आइरहेका छन ।