Wednesday, 22, September, 2021 info@saipalnews.com

बागलुङमा आरडीटी किटबाट गरिएको परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ

बागलुङ ३० चैत । भारतमा तीर्थयात्रामा गएर फर्केकी एक ६५ वर्षीया महिलाको र्‍यापिड डायग्‍नोस्टिक टेस्ट आरडीटी किटबाट गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट आएको छ । आइतबार काठेखोला गाउँपालिकामा गरिएको परीक्षणको क्रममा वडा नं। ६ बाट आएकी ती महिलाको रिपोर्ट पोजिटिभ देखिएपछि क्‍वारेन्टाइनमा राखेर स्वाब परीक्षणको तयारी गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

लकडाउन हुनुभन्दा केही समयअघि उनी भारतको गया भन्ने स्थानमा तीर्थयात्रा गएको खुलेको छ। उनको साथमा गएकाहरुको पनि खोजी भइरहेको गाउँपालिका अध्यक्ष अमर थापाले बताए। उनको घर परिवार र सम्पर्कमा रहेकाहरुको पनि स्वाब परीक्षण गर्न लगाउने उनले बताए।

यो गाउँपालिकामा ४४ जना भारतबाट आएका र ८ जना अन्य देशबाट आएकाहरुको आरडीटी किटबाट कोभिड १९ परीक्षण गरिएको थियो। उनको स्वाब संकलन गरेर तत्काल पोखरा पठाइने धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र पोखरेलले बताए।

‘आरडीटी शतप्रतिशत प्रभावकारी नहुने भएकोले स्वाब परीक्षणपछि मात्र पोजेटिभ भएरनभएको बताउन सकिन्छ,’ पोखरेलले भने, ‘तत्कालका लागि शंकास्पदको रुपमा क्वारेन्टाइन गरेर अब्जर्भेसन गरिन्छ।