Thursday, 27, January, 2022 info@saipalnews.com

समाजसेवी श्याम भारतीद्धारा विपन्न परिवारलाई खाध्यान्न सामग्री वितरण

रोप्पा ३० चैत । लक डाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी मजदुरी गरि जीविकोपार्जन गर्ने परिवारलाइइ   सुनिल स्मृती गाउँपालिका  २ खुङ्री समाजसेवी श्याम भारतीले राहत स्वरुप खाध्यान्न बस्तु वितरण गरेका छन् ।भारतीले सुनिल स्मृती गाउँपालीकाका २न म्बर वडा भित्र बस्ने १३ घरपरिवारलाई राहत स्वरुप खाध्यान्न वितरण गरेका हुन् ।

भारतिले आफ्नो नितान्त ब्यक्तीगत खर्चबाट ज्यालामजदुरी गरि जीविकोपार्जन गर्ने गरेका मजदुरहरु र उनका प्रत्येक परिवारलार्इ राहत वितरण गरेका छन् ।उनले १३ घरपरिवारलाई प्रति परिवार १० किलो चामल र १ किलो दालको दरले बितरण गरेका हुन ।

लकडाउनका कारण दैनिक जिबिकोपार्जनमा समस्या भएका मजदुरहरु र तिनका परिवारहरुलाइ दैनिक जिबन केही सहज होस भन्ने हेतुले आफुले सक्दो सहयोगको रुपमा ब्यक्तीगत तवरले खाध्यान्न बितरण गरेको भारतीले जानकारी दिए ।