Saturday, 18, September, 2021 info@saipalnews.com

भारतले ३ साता लम्ब्यायो लकडाउन

काठमाडौं २ बैशमख। भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार ९३ गते सकिँदै छ ।

३० अप्रिलदेखि भने अत्यावश्यक कामका लागि छुट दिन सकिने प्रधानमन्त्री मोदीले बताएका छन् ।भारतमा हालसम्म करिब साढे १० हजारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने साढे ३ सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।