Wednesday, 22, September, 2021 info@saipalnews.com

आमाछोरामा देखिएको कोरोना संक्रमण आयातित

काठमाडौं ३ बैशाख। पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने आमाछोरामा देखिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमण आयातित भएको निश्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् ।यो परिवार तीन जना ५ चैतमा बेलायतबाट नेपाल आएको थियो ।

नेपाल आएको २८ दिनपछि १ वैशाखमा र्‍यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो ।पीसीआर विधिबाट गरिएको परीक्षणमा आमाछोरामा कोरोना संक्रमण पुष्टि भएको छ भने बुहारीमा संक्रमण देखिएन ।

यससँगै आमाछोरामा देखिएको कोरोना संक्रमित आयातित भएको निष्कर्ष निकालिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। बासुदेव पाण्डेले बताए ।