Tuesday, 09, August, 2022 info@saipalnews.com

राष्ट्रपति कार्यालयले फिर्ता गर्‍यो साढे ९ करोड

काठमाडौं ५ बैशाख । राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ ।कोरोना भाइरस कोभिड–१९ का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा जम्मा गरिएको राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।