Wednesday, 22, September, 2021 info@saipalnews.com

सीमामा अलपत्र नेपाली एक हजार छ सय रुपैयाँ तिरेर स्वदेश भत्रिदै

बैतडी ५ बैशाख। डिलाशैनी–४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा छोरा हुन् । दुबै जना गत मङ्सिर महिनामा भारतको पिथौरागढस्थित मदकोट क्षेत्रमा मजदूरी गर्न गएका थिए । नयाँ वर्ष विषु तिहारका लागि घर फर्किने तयारी गरेको बेला नेपाल भारत दुबैतर्फ लकडाउन शुरु भयो ।

लकडाउनका कारण विषुमा घर पुग्न नसेकेका दुबै जनालाई मदकोट क्षेत्रमै पनि भोकभोकै बस्नुपरेको थियो । ठेकेदारले घर जाउ भन्यो, बस्ने खाने पैसा थिएन्, भोकभोकै बस्नुभन्दा तीन दिन पैदल हिडेर उनीहरु बिहीबार साँझ बालुवाकोट गाउँ आइपुगें । १४ जनाको समूहमा रहेका उनीहरुले शुक्रबार बिहान दत्तुको बेतमा एक हजार रुपैयाँ भारु नेपाली  एक हजार छ सय तिरी जोखिम मोलेर महाकाली नदी कटाए । भारतीयले ट्युबमा महाकाली नदी तारेबापत एक हजार रुपैयाँ भारु लिएको हो ।

ठेकेदारले काम रोक्यो, प्रतिव्यक्ति दुई÷तीन हजार रुपैयाँ ज्यालाबापत दिएर घर पठाएको हो,” लालबहादुर नेगीले भन्नुभयो, “किनेर खान पनि नपाइने । भोकभोकै मर्नुभन्दा आफ्नै देशमा गएर मरौला भनेर ट्युब तरेर जोखिम मोलेरै भएपनि स्वदेश आयौं ।हामी आफ्नै देशको क्वारेन्टाइनमा बस्ने गरी जोखिम मोलेरै आएका हौं । हामीले घरमा फोन गर्दा पनि विद्यालयका क्वारेन्टाइनमा बसेर आउनुहोला भनेका हुन्”, उहाँले भन्नुभयो, “२० वर्ष बढी भयो,  भारतमा काम गर्दै आएको । अहिलेसम्म कुनै बेला पनि यस्तो समस्या आइलागेको थिएन् ।”

अहिलेको लकडाउन भनेर खान बस्नै नपाइने अवस्था आयो । मजदूरी गरेर परिवार पाल्नेलाई समस्या भयो । पाँच छोरा र तीन छोरी र दुई जना आफू गरी १० जनाको हाम्रो परिवार छ”, उहाँले भन्नुभयो, “आफ्नो गाउँघरमा परिवार पाल्न नसकिने भएर भारतमा मजदूरी गर्न गएका हौं ।

रहरले भारतमा गएका थिएनौ, तर आउँदा अपराधी जस्तो गरेर आउनु पर्यिो”, उहाँले भन्नुभयो, “पुल नखुल्ने भएपछि नदीको सहारा लिनुपरेको हो ।” हामी आफ्नै देशको क्वारेन्टाइनमा बस्न चाहन्छौ । हामीसँगैका २ जना भागेर समेत गए । तर हामीे आफैले प्रहरीलाई खबर गरेर यहाँ आएका हौ । सबैभन्दा जेठो छोरा ९दिपेन्द्र०लाई समेत भारतमै मजदूरी गर्न लगे । घरमा श्रीमति जानकी नेगी र ७  छोराछोरी छन्, उहाँले भन्नुभयो ।

गाउँको उत्पादनले तीन महिना खान पुग्दैन् । वर्षमा दुई पटक भारतमा गएर मजदूरी गर्ने गरेको उहाँका छोरा दिपेन्द्रले बताउनुभयो । म पनि जहिल्यै बुबासँगै काम गर्छु । भारतमा काम गरेको पैसाले घरका खाना खर्च र भाइबहिनी पढाउन खर्च जुटाउने गरेको उहाँको भनाइ छ । भारतमा प्रतिदिन रु ४५० देखि ६ सयसम्म यालादारी दिने गरेका छन् ।

नेगीका घरमा भरत कक्षा १०, भुवन कक्षा ७, सीता कक्षा ७, पार्वती कक्षा ६, नरेन्द्र कक्षा ५, संगिता कक्षा ४ र श्याम कक्षा १ मा पढ्ने गरेका छन् । डिलाशैनी १ का सुनिल कार्कीले गाउँमा काम नपाउँदा भारतीय बजारमा काम गर्नुपरेको बताउनुभयो ।

सडकमा मजदुरी गथ्र्यौ देश लकडाउन भयो काम बन्द गर्नु भनेपछि समस्यामा परेर हिडेरै आएको उहाँले बताउनुभयो ।काम गर्ने ठाउँमा खानलाई केहि नभएपछि हप्तौ दिनसम्म भोकभोकै बस्नुपर्यो, डिलाशैनीका लोकेन्द्र कार्कीले भन्नुभयो । जे भएपनि नेपाल पुग्नुपर्छ भनेर हिडेर आयौं ।

मदकोटबाट जङ्गलको बाटो भएर धारचुलाको बालुवाकोट पुगेको उहाँको भनाइ छ । आफ्नो देशका क्वारेन्टाइनमा पुगिए खाना खान त पाइएला भनेरै आएका हौ । “हामी जस्ता सयौं भारतीय क्वारेन्टाइनमा छन् भनेर सुनेका थियौ,” कार्कीले भन्नुभयो, “गाउँबाट आउन सकिन्छ भने आउनुहोस्, यतैका क्वारेन्टाइनमा बस्नुहोला भनेपछि जन्मभूमीको माया लागेर आयौ ।

उनीहरुसँगै बैतडीका १२ जना र नौगाड दार्चुलाका २ जना नेपाल आएका हुन् । जसमा १० जना मात्रै दार्चुलाको महाकाली नगरपालिकाको महेन्द्र नमूना मावि क्वारेन्टाइनमा राखिएको छ । उनीहरुसँगै ट्युब तरेर नेपाल छिरेका बैतडी डिलाशैनी १ का धिर्के राना र प्रसाद राना भने भागेर गएका छन् ।

महाकालीमा ट्युब तरेर आउनेहरुमा बैतडी डिलाशैनी-७ का सुशिल कार्की, डिलाशैनी-४ का लालबहादुर नेग, दिपेन्द्र नेगी, दोगेडाकेदार गाउँपालिका-१ का जितबहादुर कार्की, डिलाशैनी-३ का केशव भण्डारी, खड्ग बहादुर नेगी, डिलाशैनी-७ का लोकेन्द्र कार्की, डिलाशैन-१ का अमरसिह धामी, वकिल धानुक, डिलाशैनी-२ का गणेश हरडे, दार्चुला नौगाड-३ का राजेन्द्र ठगुन्ना र नविन ठगुन्ना रहेका छन् ।

नेपाल भारत जोड्ने झोलुङ्गे पूल नखुल्दा हालसम्म एक सय नेपाली ट्युब र महाकालीमा तरेर नेपाल आइसकेका छन् । भने धार्चुलाका विभिन्न ठाउँमा एक हजारभन्दा बढी नेपाली क्वारेन्टाइनमै बसेका छन् । ट्युब तरेर भारतबाट आएका उनीहरुलाई नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा स्वास्थ्य चेकजाँच गरिएको नगरपालिका विपद् शाखा प्रमुख भुवन जोशीले बताउनुभयो । स्वास्थ्य चेकजाँचपछि उनीहरुलाई महेन्द्र नमूना मावि खलङ्गाको क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकाले १४ जनालाई भने २१ दिनपछि घर पठाएको छ ।

महाकाली नगरपालिका -९ दत्तु चुच्चैबाट नेपाल भित्रिएका १० जना बैतडीका र २ जना दार्चुलाका नेपाली मजदुरलाई महाकाली नगरपालिकाको गाडीमा राखेर क्वारेन्टाइनमा पुर्याइएको हो । नेपाल भारत लकडाउनपछि लेकमको लालीदेखि व्यासको दुम्लीङ नाका भएर नेपालीहरु घर फर्किरहेका छन् ।

भारतबाट आउने नेपालीलाई अवैध रुपमा छिर्न नदिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएपनि आउने क्रम भने रोकिएका छैनन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक ९डिएसपी० दिपेन्द्र बहादुर शाही नेपालतिरका ट्युबहरु प्रहरीले नियन्त्रणमा राखेर बन्द गरेको भएपनि भारततिरबाट रोक नलगाउँदा समस्या भएको बताउनुहुन्छ ।

भारतसँग सीमा जोडिएका क्षेत्रमा सरकारले थप कडाइ गर्दै लगेको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाउँदै लगेको हो । सहज रुपमा हुने सीमा वारपार रोक्न सरकारको निर्देशनानुसार सशस्त्र प्रहरी बल नेपालले सुरक्षा फौजलाई सीमामा केन्द्रित गर्न थालेको हो ।

सोही अनुसार सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाले लेकमको लाली देखि व्यासको डोकटसम्मका आठ स्थानमा अस्थायी पोष्ट स्थापना गरेको हो । महाकाली नदी तरेर भारतबाट मजदुर धमाधम नेपाल भित्रन थालेपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बलियो उपस्थिती जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाका डिएसपी डम्मरबहादुर विष्टका अनुसार सशस्त्र प्रहरीले लेकमको रतौडा, लाली, मालिकार्जुनको बाकु, उकु, डिन्सी, महाकालीको काकडा, व्यासको धौलाकोट स्याकु र डोकटमा अस्थायी पोष्ट स्थापना गरेको छ । महाकाली नदीबाट हुने अवैध क्रियाकलाप र भारतबाट महाकाली नदी भएर नेपाल प्रवेश गर्ने व्यक्ति रोक्नका लागि सशस्त्र प्रहरी ठाउँ ठाउँमा राखिएको डिएसपी विष्टले बताउनुभयो । नयाँ स्थापना गरिएका ७ पोष्टमा १० जनाका दरले ७० सशस्त्र प्रहरी खटाइएको छ भने उकुमा १५ जना खटिएका छन् ।