Monday, 23, May, 2022 info@saipalnews.com

सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न अनुमति

काठमाडौं ७ बैशाख । कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ । ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा सुलभ गत चैत २५ गते पक्राउ परेका थिए । कालोबजारी गरेको कसुरमा उनीमाथि अनुसन्धान गर्न यसअघि प्रशासन कार्यालयले पहिलो पटक ७ दिन र त्यसपछि ५ दिन अनुमति दिएको थियो ।

अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि प्रशासनले थप समय दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।पाँच हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न लागेको भन्दै प्रहरीले काठमाडौंका नक्सालबाट अग्रवाललाई पक्राउ गरेको थियो ।