Monday, 20, September, 2021 info@saipalnews.com

पानीमा रुझ्दै मन्त्रीको अगुवाइमा ३०० मान्छेलाई रोल्पा पठाइयो

काठमाडौं ७ बैशाख। भक्तपुरमा अलपत्र परेका रोल्पाका तीन सय जनालाई आइतबार साँझ घरतर्फ पठाइएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अगुवाइमा भक्तपुरको जगाती क्षेत्रमा अलपत्र परेका तीन सय जनालाई बस चढाएर घरतर्फ पठाइएको हो ।

विभिन्न जिल्लाबाट पैदल हिँडेर भक्तपुर आइपुगेका र भक्तपुरमै अलपत्र परेकाहरूलाई आठवटा बसमा राखेर घर पठाइएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।आइतबार साँझ पानी परिरहेको समयमा अलपत्र परेका मजदुरलाई बिदा गर्न मन्त्री पुन पनि जगाती पुगेका थिए ।