Saturday, 21, May, 2022 info@saipalnews.com

१ सय १० जना रुसी नागरिक लिएर उड्यो मस्को रोयल

काठमाडौं ८ बैशाख । काठमाडौंबाट १ सय १० जना रुसी नागरिक बोकेर रुसको वायुसेवा कम्पनी मस्को उडेको छ । रुसबाट रोयल फ्लाइट एयरलाइन्सको जहाज काठमाडौं आएको थियो । साढे १० बजे काठमाडौं अवतरण गरेको जहाज काठमाडौंबाट १२ः४० मा मस्कोका लागि उडेको हो ।

नेपालले अन्तर्राष्ट्रिय उडानमा गरेको प्रतिबन्ध र आन्तरिक रूपमा घोषणा गरेको लकडाउनका कारण नेपालमै फसेका रुसका नागरिक बोकेर उक्त जहाज मस्को लागेको हो ।युरोप र अमेरिकाका धेरै मुलुकले नेपालबाट आफ्नो नागरिक फिर्ता लगिसकेका छन् । लकडाउनयता नेपालबाट ४ हजारभन्दा बढी विदेशी चार्टर्ड उडानबाट आफ्नो मुलुक फिर्ता भइसकेका छन् ।