Wednesday, 22, September, 2021 info@saipalnews.com

एकलौटी रुपमा श्रमिकका सेवा सुविधा कटौती नगर्न जिफन्टको चेतावनी

काठमाडौँ ८ बैशाख । कारोना भाइरस कोभिड १९ का कारण केही व्यवसायीहरुले एकलौटी ढंगले श्रमिकहरुका सेवा सुविधाका कटौती गर्ने र रोजगारको समेत सुरक्षा नगरेको विषयमा नेपाल ट्रडे युनियन महासंघ जिफन्टले सम्बन्धीत निकायप्रति आपत्ती जनाएको छ ।

पहिल्लो समय देशका विभिन्न व्यवसायीमा काम गर्ने श्रमिक विरोधी गतिविधिहरु भइरहेका त्यस्तो नर्गन जिफन्टले सम्बन्धीत निकायको ध्यानाकरण गराएको नेपाल ट्रडे युनियन महासंघ जिफन्टसँग आवद्ध रहेको पर्यटन क्षेत्रका केन्द्रीय अध्यक्ष तथा आईयुयाफका सदस्य सुर्यबहादुर कुँवलले जानकारी दिनु भएको छ । साथै श्रमिक हक, हित र अधिकार खोस्ने उदेश्यले कुनै  गतिविधिहर नगर्न सम्पर्ण व्यवस्थापकलाई जिफन्टले चेतावनी समेत दिएको छ ।

साथै यो विश्वव्यापी महामहारीको परिस्थितिमा सबै निकाय एकजुट भै यो समस्या समाधानका लागि अघि बढ्न र श्रमिकहरुको बाँच्न पाउने अधिकारको सुश्नित गर्न सरोकारवालाहरुसँग नेपाल ट्रडे युनियन महासंघ  वाता, संवाद र सहकार्य गर्न तयारी रहेको बिप्ज्ञातीमा उल्लेख गरेको छ ।