Tuesday, 09, August, 2022 info@saipalnews.com

नेकपाले बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौं ८ बैशाख। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सचिवालयको आकस्मिक बैठक बोलाइएको छ ।मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो ।मन्त्रिपरिषद बैठको निर्णय बाहिरिएपछि नेताहरुले सचिवालय बैठक माग गरेपछि नेकपाका अध्यक्षद्वय केपी  शर्मा  ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भई सचिवालय बैठक बोलाइएको एक नेताले जानकारी दिए ।बैठक अहिले साढे ६ बजे बस्नेछ