Thursday, 27, January, 2022 info@saipalnews.com

हो श्रीमान म उत्ताउलो

हो श्रीमान म उत्ताउलो

म अनुशासनहिन

एकिकरणताका गोरखाले भन्यो

पार्टी फोडदा बिराटनगरले भन्यो

जे गल्ती गरे नि हस् नभन्दा झापाले भन्दै छ

म उत्ताउलो म अनुशासनहिन

 

वारी देहवशान भएकि आमाको काली पारी कृया गर्नुपर्दा बोलेकै हो

डलरवालालाई जहाज चार्टर र चिन्ता व्यक्त गर्नेले भारुवालालाई थुन्दा मन पोलेकै हो

रुघालाग्दा घरबेटी आतंक

 

राहतको नाममा सेल्फी आतंक

सहन नसकि हिनेकै हो

हामी गथ्र्यौ भन्नेलाइइ नि चिनेकै हो

सूर्य पूर्वबाट उदाउछ भनेर पश्चिमलाई हेर्ने

पुरानो चश्मा फेर्नेवाला कोहि भएन

त्यसैले भन्दै हुनुहुन्छ हजुर म त उत्ताउलो म अनुशासनहिन परिवर्तन भएन

 

दिल्ली जादा बहादुर गोर्खा

राजधानीमा सुदूर पश्चिमे मूर्ख

जनताको बोली बोल्दा अराजक पारा

आफुले भन्दा लोकतन्त्र र संविधानको धारा

हिमाल पहाड तराई टुक्रिनबाट रोकेकै हो

एमसीसीको संविधान बिरोधी व्यवस्था पास हुन छेकेकै हो

इन्चार्ज नै यस्ता भएका प्रदेशको म सुदूरपश्चिमेली उत्ताउलो नै हो श्रीमान अनुशासनहीन नै हो