Wednesday, 25, May, 2022 info@saipalnews.com

प्रधानमन्त्री ओलीले नेकपा सांसदहरूसँग छलफल गर्दै

काठमाडौँ १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का नेकपाका सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रदेश अनुसार फरक(फरक समयमा सांसदहरूलाई बालुवाटार बोलाएर छलफल गरिरहेको एक सांसदले जानकारी दिए । बुधबार बिहान ११ बजेदेखि प्रधानमन्त्रीले सांसदहरूसँग छलफल थालेका हुन्।

अहिले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीले छलफल गरिरहेका छन्। दिउँसो १ बजेका लागि राष्ट्रिय सभामा नेकपाका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई बोलाइएको छ भने ४ बजे प्रदेश ५ का सांसदहरूलाई बोलाइएको सांसदहरूले जानकारी दिएका छन्।

सरकारले दल विभाजनसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले नेकपामा विवाद ल्याएको र बजेट अधिवेशन बोलाउने बेला भएको अवस्थामा प्रधानमन्त्रीले सांसदहरूसँग छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।