Thursday, 23, September, 2021 info@saipalnews.com

दुई जना कोरोना संक्रमित निको भएर घर फर्के

काठमाडौं १० बैशाख । थप दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुने भने अर्का कञ्चनपुरका पुरुष भारतबाट आएका हुन् ।