Wednesday, 22, September, 2021 info@saipalnews.com

विद्यार्थीलाई युवा नेता कुँवरले उपलब्ध गराए राहत

धनगढी १० बैशाख । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अध्ययनको सिलसिलामा डेरा गरेर बस्ने विद्यार्थीहरुलाई राहत वितरण गरिएको छ । बन्दाबन्दीका कारण डेरा गरेर बसेका विध्यार्थीहरूलाई खाद्यन्नमा समस्या भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा युवा नेता युवराज कुँवर नेतृत्वको टोलीले  व्यक्तिगत रुपमा  राहत उपलब्ध गराएको हो ।

कुँवरले वुधबार धनगढीको हसनपुर, तारानगर, जाली, शिवनगर, विशालनगर,  बुद्ध चोक, क्याम्पस रोड, मिलनचोक, लगायतका ठाउँमा बस्ने विद्यार्थीलाई खाद्यन्न हस्तान्तरण गरेका थिए । उनले पहिलो चरणमा दुई सय विद्यार्थीहरुकोलागि एक लाख बराबरको खाद्यन्न, पानी लगायतका सामग्री  सहयोग गरेका हुन ।

सुदूरपश्चिमका विभिन्न जिल्ला तथा गाउँबाट डेरा गरेर बस्ने विद्यार्थीलाई चामल, दाल, नुन तेल लगायत खाद्यन्नका सामाग्री उपलब्ध गराएको युवराज कुँवरले बताए । उनले भने यस्तो संकटमा डेरा गरेर बस्ने विद्यार्थीलाई असर पुगेको छ । विद्यार्थीका पिरमर्का हामीले बुझेका छौं । यो पहिलो चरण हो, हामी निरन्तर सहयोग गर्न चाहन्छौं ,। विद्यार्थीलाई हामी भोकै मर्न दिन्नौ,। कुँवरले अहिले सम्म सम्पर्कमा आएका विद्यार्थीहरुलाई सहयोग गरेको बताए ।

यस्तै उनले डिउटीमा खटीने प्रहरी तथा सडकमा पैदल यात्रा गरीरहेका व्यक्तिकोलागि पान समेत उपलब्ध गराएका छन् । वडा प्रहरी कार्यालयको बुधबारनै पानीका कार्टुनहरुको हस्तान्तरण समेत गरेका छन् ।

विश्वभर  महामारीको रुपमा फैलिएको कोरोना भाइरसले देशभर बन्दाबन्दीमा छ । कुँवर अनेरास्ववियुका सचिवालय सदस्य समेत हुन । उनी लामो समय देखि विद्यार्थी राजनीतिमा सक्रिय छन् ।