Monday, 20, September, 2021 info@saipalnews.com

सेतिप्रादेशीक अस्पताल प्रवेशको मुल मुलगेटमा राखियो सेनिटाइजर मेसिन

धनगढी १३ बैशाख । विश्वव्पीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सेतिप्रादेशीक अस्पतालको मुलगेटमा सेनिर्टाजर बुथ राखिएको छ । प्रगतिशील इनजीनिर्यस एसोसीयनसन सुदूरपश्चिम प्रदेश समितिले सेनिटाइजर गरेर मात्र अस्पताल भित्राउने व्यवस्था गरेको छ ।

एशोसीयसनको प्रदेश कार्यसमितिले शुक्रबार सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीको उपस्थितीमा अस्पताल समितिलाई हस्तान्तरण गरेको थियो । पूर्व मन्त्री सोडारीले सेनिटाइजर गरेर बुथको उद्घाटन गरेका थिए । सोही अवसरमा सोडारीले विश्वमा मानविय संकट भएको बेला अस्पताललाई सहयोग गरेको भन्दै इनजीनियर्स एशोसीयसनलाई  धन्यवाद दिए । उनले संकटमा सबैले आआफ्नो ठाउँबाट सकिने सहयोग गर्न आग्रह समेत गरे ।

एशोसीयनले ल्याएको  प्रविधियुक्त मेसीनले अस्पातालाई ठुलो राहत पुगेको भन्दै पुर्वमन्त्री सोडारीले प्रशंसा समेत गरे ।अस्पताल हरेक व्यक्तिले सेनिटाइजर गरेर मात्रै प्रवेश गर्नु पर्ने भएको छ । अस्पतालमा प्रवेश गर्ने जनताहरु सुरक्षित राख्ने अभिप्रायको साथ अनिवार्य सेनिटाइज गरेर मात्रै अस्पताल भित्रने व्यवस्था सहीतको बुथ हस्तान्तरण गरेको एसोसियनका अध्यक्ष गोकुल जोशीले बताए ।

सुदूरपश्चिमको एकमात्र रेफरल अस्पतालको रुपमा रहको सेतिप्रादशिक अस्पताल रहेको छ । सयौको संख्यामा विरामी आउने गर्दछन् । सोही अस्पताललाई प्रदेश सकारले कोरोना विशेष अस्पतालको रुपमा राखेको छ । सबै भन्द बढी संक्रमणको जोखीम अस्पताल क्षेत्र रहेकाले सजग हुनको लागि सेनिटाइज मेसिन जडानले धेरै राम्रो काम गर्ने अस्पतालका अध्यक्ष दुर्गा जोशीले बताए । प्रगतिशील इनजीनिर्यस एसोशीयसनले सो मेसीन १ लाख रुपैया लागतमा निर्माण गरेको जनाएको छ ।

जडान गरीएको मेसिनले एक पटकमा ४ जनालाई सेनिटाइज गर्न सकिने व्यवस्था गरेको छ ।  रोवोटिक एसोशीयन अफ नेपाल सुदूरपश्चिमले  सो मेसीनको निर्माण गरेको एशोसियनका सचिव दिनेश बोहराले जानकारी दिए । उनले एसोसीयनमा आवद्ध इन्जीनियरहरुको आर्थिक सहयोगमा बुथ अस्पताललाई बुझाएको जानकारी दिए । उनले आवश्यक परे अन्य प्राविधिक सहयोग गर्न समिति तप्तर रहेको बताए ।