Wednesday, 19, January, 2022 info@saipalnews.com

मन्त्रिपरिषद्को बैठक सर्‍यो

काठमाडौं १४ बैशाख। लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न आइतबार दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक साँझ ५ बजेपछि बस्ने भएको छ ।यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि सोमबार सकिने भएपछि सोबारे निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

यसअघि शनिबार बसेको कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो । लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष कार्य दलले निकालेको थियो

यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्पका बारेमा समेत छलफल भएको थियो ।