Wednesday, 22, September, 2021 info@saipalnews.com

चीनका लागि नेपाली राजदूत मेहेन्द पाण्डेले लिए सपथ

काठमाडौँ १४ वैशाख । चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डेले आज सपथ ग्रहण गरेका छन्। शितल निवासमा राजदूत पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरे।सो अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित सरकारी उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो। गत वैशाख ५ गते उनलाई मन्त्रिपरिषदको सिफारिसमा गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरिएको हो