Saturday, 18, September, 2021 info@saipalnews.com

अनियमितता ढाकछोप गर्न सुनपाल सामुदायिक वन उपभोक्ता समितले बोलायो आमभेला

कैलाली १८ वैशाख । गौरीगंगा नगरपालिका वडा नम्बर ७ र ८ को महादेवामा पर्ने सुनपाल सामुदायिक वन उपभोक्ता समूहले लकडाउनको अवज्ञा गर्दै साधारणसभा बोलाएको छ । बुधबार उपाध्यक्ष चतुरे भाटको हस्ताक्षीत पत्र जारी गर्दै आम उपभोक्तालाई छल्दै बैठक भनेर साधारण सभा बोलाएको रहस्य खुलेको हो  ।

स्थानीयले कोरोनाको महामारीका बेला आमउपभोक्तालाई झुक्काएर साधारणसभा गर्न लागेको भन्दै विरोध भइरहेको छ । सामुदायिक वनमा व्यापकरुपमा आर्थिक अनियमितता भएको समाचार आउन थालेपछि त्यसलाई ढाकछोप गर्न विगठित समितिले मौकाको फाइदा उठाउन लागेको उपभोक्ताहरुले आरोप लगाएका छन् ।

स्थानीय दीलबहादुर बोहरा भने पत्रमा बैठक भनेर लेखिएको छ, उपभोक्ता सबैलाई बोलाइएको छ, यस्तो महामारीको बेला आम मानिसलाई बोलाउनु भनेको रोगको संक्रमण फैलाउनु हो , यस्ता गतिविधि रोक्न प्रशासनसंग माग गर्दछु । गत माघ १३ गते सामुदायिक वन क्षेत्रसँग जोडिएको राष्ट्रिय वनबाट सालको काठ तस्करीमा संलग्न भन्दै अध्यक्ष डिल्लीराम जोशी र कोषाध्यक्ष प्रशुराम चौधरी चौधरी पक्राउ परेका थिए ।

डिभिजन वन कार्यालयले बनाएको छानविन समितिले समितिका मुख्य पदाधिकारीहरुले मिलोमतोमा तस्करी गरेको अभियोगमा पक्राउ गरेको थियो । दुवै जना ३ लाख धरौटीमा छुटेपछि सामुदायिक वनमा भएको अन्य आर्थिक अनियमितता ढाकछोप गर्न लकडाउनको मौकालाई छोपेको उपभोक्ताहरुले आरोप लगाएका छन् ।

काठ तस्करीको अभियोगम धरौटीमा छुटेका समितिलाई वन समितिमा काम गर्न नगराउन डिभिजन बनकार्यालयले पत्रचार गरेको थियो । बनको पत्र लत्याउदै धरौटीमा छुटेका र वनले पक्राउ गर्न वारेन्ट जारी गरेका १० जना अन्य व्यक्तिहरुलाई कामकाज गराएर अनियमिता ढाकछोपा गर्नको लागि भेला बोलाइएको स्थानीय दीलबहाद्र बोहराले बताए ।

डिभिजन वन कार्यालयले समिति विगठन भएको र विशेष साधारणसभाबाट नयाँ कार्यसमिति बनाउन निर्देशन गरेको स्थानीयले बताएका छन् । यता वन कार्यालयले कामकाज गर्न रोक लगाएको समितिले समितिले भने १८ गते भेला बोलाए पछि स्थानीयहरु आक्रोषित बनेका छन् ।