Monday, 20, September, 2021 info@saipalnews.com

सरसफाईमा जोड दिदा स्वास्थ्य संस्थामा आउने विरामी घटे: डाक्टर बराल

 

बैशाख २० अछाम । बिशेषज्ञ डाक्टर शरद चन्द्र बरालले प्रत्येक ब्यक्तिले सरसफाईमा जोड दिदा स्वास्थ्य संस्थामा आउने विरामी घटेका बताउनू भयो । कोरोनाभाइरस कोभिड १९ बाट बच्ने उपाय नियमित साबुन पानीले हात धुनु, तातो पानी सेवन, हात मिलाउन छोडनु, बाहिर जादा माक्स प्रयोग गर्नाले हरेक रोगबाट बचेकाले स्वास्थ्य संस्थामा घटेका बताउनु भयो ।

डाक्टर बरालले ८० प्रतिशत विरामी सरसफाईको कमीका कारण हुने भएकाले यतिबेला हरेकले सरसफाइमा ध्यान दिदा जिल्ला अस्पताल, बयलपाटा अस्पतालमा विरामी घटेका बताउनु भयो । यतिबेलाको समय गत विगत वर्षमा स्वास्थ्य संस्थामा चाप भएतापनि आज भोलि घट्काले लकडाउनको कारण समेत भएको उल्लेख गर्नु भयो ।

कोरोनाभाइरसको संक्रमणको विषयमा कुरा गर्दै डाक्ट्र बरालले यसको संक्रमण जुनसुकै उमेरका ब्यक्तिलाई हुने भएकाले सबैलाई सजग रहन आग्रह गर्नु भयो । बढी जसो दिर्घ रोगीका विरामीलाई असर हुने भएकाले निशेधाज्ञाको पालना गरि एकान्तबास बस्न आग्रह गर्नु भयो ।

जिल्ला अस्पताल अछाममा आफु लगाएत ६ जना बिशेषज्ञ डाक्टरको टिम आएकाले स्वास्थ्य कार्यालय, जिल्ला अस्पतालका हरेक डाक्ट्र, स्वास्थ्यकर्मीसँग समन्वय गर्दै अघि बढेकाले अझै सेवा गुणस्तरिय बनाउन लागि पर्ने बताउनु भयो । यतिबेलाको समयमा कसैलाई नआत्तिन आग्रह गर्दै स्वास्थ्यमा कुनै समस्या आए तुरुन्त स्वास्थ्य संस्था जान आग्रह गर्नु भयो ।

कोरोनाभाइरस भित्रिन नदिन अछामका हरेक स्थानीय तहले गरेको कार्यको प्रशसाँ गर्दै आगामी दिनमा परिक्षणमा जोड दिनुपर्ने बताउनु भयो । लकडाउनलाई पालना गर्दै दुरि कायम गरेर हरेक ब्यक्तिलाई खेतबारीको काम गर्न समेत उहाँले सुझाब दिनुभएको छ ।