Monday, 20, September, 2021 info@saipalnews.com

वीरगञ्जमा भेटियो अर्काे कोरोना संक्रमण

काठमाडौं २१ वैशाख। नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा। मदन उपाध्यायले जनाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ।

उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराईदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए ।संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको डा। उदय नारायण सिंहले जानकारी दिए ।