Wednesday, 22, September, 2021 info@saipalnews.com

सरकारी नियुक्ति नचाहिने भन्दै मन्त्रीको दलालीमा सांसद आले

काठमाडौँ २५ वैशाख । आम जनता सांसदलाई सबै कुरा जान्ने नै ठान्दछन, त्यही ठानेर नै उनिहरुले मत दिएर सांसद जिताएका हुन्छन । तर, ती जनताका प्रतिनिधिहरु सानो स्वार्थलाई हेरेर कसरी हनुमानगिरी देखाउछन भन्ने कुरा आज राजधानीको एक छलफलमा देखियो ।

भूमि व्यवस्था मन्त्रालयले बुधवार मन्त्रालयमा आगामी वर्षको नीति कार्यक्रम र बजेटका विषयमा सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल आयोजना गरेको थियो । छलफलमा सरकारले भरखरै नियुक्ति गरेको उच्च स्तरिय भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीको पनि उपस्थिति रहेको थियो ।

छलफलका बक्ताहरु मध्ये धेरैले ज्ञवालीलाई बधाई दिदै मन्तब्य राख्न सुरु गरे । वक्ता मध्येका एक जना सांसद झपट रावलले सुदुरपश्चिममा सुकुम्वासी लगायत भूमि सम्बन्धि धेरै समस्या रहेको बताउदै सरकारले भूमि आयोग बनाउदा वा अन्य कुनै राजनैतिक नियुक्ति गर्दा कर्णाली नदि पश्चिम सोच्न नसक्नु दुखद भएको बताएका थिए ।

सांसद रावल यतिमै रोकिएनन उनले आफ्नो भनाई राख्दै दालाल पुँजिवादको सट्टा जमिनबाट उत्पादन बढाएर समाजवाद उन्मुख अर्थ व्यवस्था मजबुत बनाउने नीति ल्याउनु पर्ने बताए ।कार्यक्रममा सबै साँसदहरुले आ-आफ्ना  सुझावहरु राखे ।तर, सुदुरपश्चिमकै एक जना नेकपाकै साँसदले भने सुदुर पश्चिमबाट प्रतिनिधित्व किन चाहियो ? भन्दै भूमिसुधार मन्त्रीको चाकरी गरेको दृष्यले भने अन्य साँसदहरूलाई लज्जित बनाएको थियो ।

सरकारी नियुक्तिमा आफूहरूको कुनै दावि नरहेको भन्दै मन्त्रीको दलालीमा उत्रने सांसद थिए सरकारका मन्त्री फेरबदलको चर्चा चलिरहदा यस अघि आफैलाई मन्त्री घोषणा गर्दै बधाई खादै आएका डोटीका प्रेम आले । समेत केपी ओलीको वरिपरि घुमिरहने उनको पुरानै समस्या रहेको र अहिले समेत मन्त्री परिषदमा हेरफेरको हल्ला चलिरहदा उनले ओलीको प्यारो बन्नकालागि यसरी बोलेको हुन सक्ने सहभागिहरुले अनुमान लगाएका थिए ।