Wednesday, 22, September, 2021 info@saipalnews.com

बाबुरामले माँगे प्रधानमन्त्री ओलीको राजिनामा

बैशाख २६,काठमाण्डौ । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारले लोकतन्त्रको छवि बिगार्ने काम गरेको बताएका छन्।
संसदको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै भट्टराईले सरकारले कोरोना संकटको बेला केन्द्रीकृत भएर काम गर्नु पर्नेमा पार्टी विभाजन र सांसद अपहरणजस्ता कार्यमा संलग्न भएको भन्दै यसले सरकारकै छवि बग्रिएको बताए।
उनले कुर्सीमा बसेर सत्ताको प्रयोग गर्दैमा ठूलो नहुने भन्दै उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर आफ्नो उचाइ यथावत् राख्न सुझाएका छन्।
‘अनावश्यक गतिविधिमा संलग्न हुँदा तपाईं आफैंमाथि अन्याय भएको छ। तपाईं रोगले जीर्ण भएको व्यक्तिलाई आराम दिनुपर्छ,’ भट्टराईले भने, ‘त्यसैले आफ्नै छविलाई पनि बचाएर अघि बढ्न तपाईंले राजीनामा दिनु नै उपयुक्त हुन्छ।’