Wednesday, 19, January, 2022 info@saipalnews.com

नेपाली भूमिमा भारतले सडक बनाएर उद्घाटन गर्दासम्म सरकारले किन थाहा पाएन: डा.रावल

काठमाडौँ २७ वैशाख ।नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रभावशाली डा.भीम रावलले नेपाली भूमि हुँदै भारतले मानसरोवरसम्म पुग्ने बाटो बनाएको भन्दै भ्रर्तसना गरेका छन् ।नेपाललाई थाहा नै नदिएर नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चाल्नु पर्ने पनि बताएका छन् ।

नेता रावलले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्,‘ नेपालको दार्चुला जिल्ला गुञ्जीबाट लिपुलेकसम्म अतिक्रमण गर्दै भारतले सडक निर्माण गरेको भन्ने दुःखद खबर छ ?नेपाल सरकारको धारण के हो ? यसरी सडकबन्दासम्म के सरकारलाई थाहा थिएन् ? मातृभूमि र जनताको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व हो । भन्ने सबैले बुझेकै कुरा हो । यो पनि स्मरण गरौँ भन्दै नेता रावलले ट्वीट गरेका छन ।

भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो । सो सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत उदघाटन गरेका छन् ।नेपाल सरकारले भने यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।