Wednesday, 22, September, 2021 info@saipalnews.com

लिपुलेक–मानसरोवर सडक निर्माणविरुद्ध माइतीघरमा उर्लियो प्रदर्शन

काठमाडौँ २७ वैशाख । लिपुलेक–कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा माइतीघरमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।माइतीघर मण्डलामा भारतले नेपाली भूमिमा बाटो बनाएको तथा नेपाल सरकार मौन रहेको विरोधमा प्रदर्शन गरेका हुन् ।
१३ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरी भ्यानमा हालेर लगेको छ ।यसअघि लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनका लागि जम्मा भएका अनेरास्ववियूका २० नेतालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।