Saturday, 18, September, 2021 info@saipalnews.com

चौतर्फी आलोचनापछि बान्नीगढी जयगढ गाउँपालिका प्रमुख खड्काले राखे छोरालाई क्वारेन्टाइनमा

अछाम २७ वैशाख । बान्नीगढी जयगढ गाउपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले आफ्ना छोरालाई क्वारेन्टाइनमा नराखेको समचार प्रकाशित भएपछि बाध्य भएर क्वारेन्टाईनमा राखेका छन ।काठमाण्डौबाट बैशाख २२ गते राती मात्रै गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काका छोरो लक्ष्मण खड्का जयगढ पुगेका थिए । उनी २२ गते राती नै पुगेको भए पनि २३ गते साँझ सम्म क्वारेन्टाईनमा नवसी जयगढ बजारमा खुलम रुपमा हिडि रहेको भन्नेबारे साइपाल न्यूजले समाचार प्रकाशित गरेको थियो ।

साइपाल न्यूजमा गाउँपालिका अध्यक्ष खड्काले आफ्ना छोरालाई क्वारेन्टाइनमा नराखेको भन्ने बारे समचार प्रकाशीत गरेपछि सार्वजनिक रुपमा उनको आलोचना भएको थियो । यसै बिच गाउँपालिका अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै लगडाउनको उल्लँघन गरेको भन्दै स्थानीय युवा राम बहादुर साउँदले सामाजीक सँजाल फेसवुक मार्फत गाउँपालिका अध्यक्ष राजेन्द्र खड्काको आलोचना गर्दै उनको राजिनामाको समेत माग गरेका थिए ।

गाउँपालिका अध्यक्ष जस्तो जिम्मेवार व्यत्ति नै लगडाउनको उल्लघन गर्न सक्रिय बनेको भन्दै बिभिन्न टिका टिप्पणी हुन थालेपछि गाउँँपालिका अध्यक्ष खड्कालाई समाचार प्रकाशित भएको घण्टौपछि आफ्ना छोरालाई गाउँपालिकाको वडा नम्बर १ गाज्राामा रहेको राष्टभाषा माविमा निर्माण गरिएको क्वारेन्टाईनमा राखेका छन ।

सार्वजनिक रुपमा सर्वत्र आलोचना पछि बाध्य भएर आफ्ना छोरालाई क्वारेन्टाईनमा राखेका गाउँपालिका अध्यक्ष खड्काले भने केहि निकटका मिडिया प्रयोग गरि अनावश्यक हल्ला फैलाईएको दावी गरेका छन । गाउँपालिका अध्यक्ष खड्काले जे जस्तो दावी गरेपनि स्थानीय राम साउँदले सामाजीक सँजालमा राखेको स्टाटसको समय र उनका छोरालाई क्वारेन्टाईनमा राखीएको समय बिचको फरकले गाउँपालिका अध्यक्ष खड्काले झुटो बोलेको प्रमाणित हुन्छ ।

साउँदले गाउँपालिका अध्यक्ष खड्काले आफ्ना छोरालाई क्वारेन्टाईनमा नराखेको भन्दै जारि गरेको स्टाटसको समय बैशख २३ गते साँझ ५ : ४० को रहेको छ  भने गाउँपालिका अध्यक्ष खड्काका छोरा लक्ष्मण खड्काले क्वारेन्टाईनमा बसेको बारे जारी गरेको स्टाटसको समय राती १० बजेर ७ मिनेटको समय रहेको छ । यसै बिच बान्नीगढी जयगढ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा सुचना अधिकारी बसन्त रावलले जारि गरेका स्टाटस अनुसार पनि उनीहरुलाई राती १० बजेपछि नै क्वारेन्टाईनमा राखेको प्रस्ट हुन्छ ।

स्थानीय राम साउँद, अध्यक्ष खड्काका छोरा र सुचना अधिकारी रावलको स्टाटस र स्टाटसको समय स्थानीय राम साउँदको स्टाटस राख्दाको समय सम्म अध्यक्ष खड्काका छोरा जयगढ बजारमै हिडडुुल गरिरहेको स्थानीय बताउछन । स्रोतले बताए अनुसार अध्यक्ष खड्काका छोरा सँगै काठमाण्डौबाट आएका बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाका दिपेन्द्र साउँदलाई बैशाख २३ गते राती करिव ९ बजे मात्रै जयगढबाट गाज्रा क्वारेन्टाईनमा राख्नका लागी लगीएको थियो ।

बान्नीगढी जयगढ गाउँपालिकामा अध्यक्ष खड्काका छोरा भित्रिएको नभित्रिएको बिषयमा जयगढ प्रहरीलाई बुझ्दा २३ गते साँझ ५ बजे सम्म यस बिषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएको गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले बताए । यसबाट पनि प्रष्ट हुन्छ कि २२ गते राती नै जयगढ पुगेका छोरालाई क्वारेन्टाईनमा राख्नुको सट्टा गाउँपालिका अध्यक्ष खड्काले बजारमा हिडडुल गर्न छुट दिईरहेका थिए ।

गाउँपालिका अध्यक्ष खड्काले आफनै पहलमा काठमाण्डौबाट छोरालाई लगडाउनको अवधिमा जिल्लामा भित्र्याएको स्रोतको दावी छ । नाम नबताउने सर्तमा एक स्थानीयले भने गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले गाउँपालिकाको वडा नम्बर ५ कालिकाका लाल साउँद क्वारेन्टाईमा खड्कासँगै रहेको दिपेन्द्रका बुवालाई टेलीफोन गरि आफ्ना छोरा लक्ष्मण खड्का संगै दिपेन्द्र आउन लागेको बिषयमा जानकारी गराएका थिए र उनलाई घरमा छुट्टै कोठा छ कि छैन भनेर समेत सोधेका थिए ।

तर आफ्ना छोरा र दिपेन्द्र जिल्लामा भित्रिसके पछि भने गाउँपालिका अध्यक्ष खड्काले उनीहरुलाई क्वारेन्टाईनमा राख्ने बिषयमा बेवास्था गरेका थिए । पछि उनीहरुलाई क्वारेन्टाईनमा नराखीएको बिषयमा समाचार सँगै आलोचना हुन थालेपछि उनी छोरालाई क्वारेन्टाईनमा राख्न बाध्य भएका थिए ।

यस अघि साता दिन अघि मात्रै कैलालीबाट २० जना नागरिकहरु बान्नीगढी जयगढ गाउँपालिकामा भित्रीएका थिए । वडा नम्बर २ जनालीकोटका स्थानीय लोग बहादुर साउँदको नेतृत्वमा अछाम आएका २० जनालाई अध्यक्ष खड्काले कैलालीबाट प्रकृया मिलाएर अछाम आउन सक्ने भए आउन भनेको थिए ।

लोग बहादुर साउँदका अनुसार उनीहरु कैलालीबाट अछाम आउन पुर्व गाउँपालिका अध्यक्ष खड्कालाई टेलीफोन सम्पर्क गरि जानकारी गराएका थिए  र गाउँपालिका अध्यक्ष खड्काले कैलालीबाट आउन सक्ने भए आउन भनेका थिए  तर उनीहरु चौखुट्टेमा पुगेपछि भने गाउँपालिका अध्यक्ष खड्काले उनीहरुको टेलीफोन उठाउन छोडेका थिए । आफुलाई जिल्लामा आउदा हुन्छ भनेको अध्यक्ष खड्काले चौखुट्टेमा पुगेपछि फोन उठाउन छोडेको भन्दै उनीहरु निकै आक्रोशित बनेका थिए ।