Monday, 20, September, 2021 info@saipalnews.com

सिक्किमको सीमामा भारत र चीनका सेनाबिच गोली हानहान

काठमाडौँ २८ वैशाख ।उत्तरी सिक्किमको भारत र चीन सिमानामा भारतीय र चिनियाँ सेनाबीच झडप भएको छ । झडपमा दुवै तर्फका केही जवान सामान्य घाइते भएका छन् ।झडपमा परी चार भारतीय र सात चिनियाँ सैनिक घाइते भएका भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।विवादलाई स्थानीय स्तरमै वार्ता गरेर टुंग्याइएको बताइएको छ । यसबारे चीन र भारतले औपचारिक प्रतिक्रिया जनाएका छैनन्।