Wednesday, 19, January, 2022 info@saipalnews.com

लड भीम रावल तिमी लड

देशभक्त योद्धा भीमबहादुर रावल

लड भीमबहादुर रावल तिमी लड

यो देशको बहादुर योद्धा हौ तिमी लड

नेपाल आमाका असल सपुत हौँ तिमी

सार्वभौमसत्ताको लडाइ लड

कहिले निरङ्कुसताका विरुद्धमा लड्यौ

कहिले तानाशाहीका विरुद्धमा लड्यौ

कहिले विस्तारबादका विरुद्धमा लड्यौ

कहिले साम्राज्यबादका विरुद्धमा लड्यौ

पहिले माहाकाली सन्धिका विरुद्धमा लड्यौ

अहिले कालापानी सुस्ता र लिपुलेकका लागि लड्यौ

लड भीम रावल तिमी लड

नेपाल आमाको आशिर्वाद छ तिमीलाई

यो देशको स्वाभिमानका निम्ति लड

नेपाल आमा रोई रहेकि छन हेर आज

यो आशु र रोदनलाई भित्रि मनमा सजाउ

भिमशेन थापाको बहादुरीले आर्जेको यो मुलुक

देशभक्त भीमबहादुर रावल आएर बचाउ

कहिले अखण्ड पार्टीका लागि लड्यौ

कहिले अखण्डका रास्ट्रका लागी लड्यौ

नेपाल आमालाई तिम्रै खाचो छ भीम रावल

एक मुट्ठी शास छउन्जेल राष्ट्रियताको लडाइ लड

acharya.susmi@yahoo.com