Monday, 20, September, 2021 info@saipalnews.com

शंकर पोखरेललाई आत्म निरीक्षण गर्न डा.भीम रावलको सुझाव

काठमाडौँ २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रभावशाली नेता डा.भीम रावलले स्थायी समिती सदस्य शंकर पोखरेललाई आत्म निरीक्षण गर्न सुझाव दिनु भएको छ ।

स्थायी समिती सदस्य समेत रहेका प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेलले  सरकारलाई सहयोग गर्न भन्दै फेसबुकमा लेखेपछि त्यसको प्रतिउत्तर ट्वीट गर्दै डा.रावलले ‘सरकारमा रहेका र प्रमको निकट ठानिने साथीहरूले आत्मनिरीक्षण गर्दै यतातर्फ पनि ध्यान दिनु उचित भन्दै नेपालको संविधान,नेकपाको सिद्धान्त र निती बिपरितका कामबारे समयमै औल्याउनु सरकारलाई रचनात्मक सहयोग गरेको उल्लेख गर्नु भएको छ ।

नेता रावलको ट्वीटमा गलत कामको आँखा चिम्लेर समर्थन गर्नु सरकार र पार्टीलाई गल्ती गरिरहन दिएर अन्ततः बिनास तर्फ लैजाने अभियानकारूपमा रहेको उल्लेख छ ।