Thursday, 27, January, 2022 info@saipalnews.com

नगरपालिकाद्धारा दिर्घ रोगीलाई निशुल्क औषधी वितरण

बैशाख २९ डोटी । दिपायल सिलगढी नगरपालिकाले नियमित औषधी सेवन गर्ने दिर्घ रोगीहरूलाई निशुल्क वितरण गरेको छ । नोभेल कोरोना भाइरस कोभिड–१९ कारण नेपालमा बन्दाबन्दी घोषणा गरिएपछी समयमा औषधी खरिद गर्न समस्या भएका नगरपालिका भित्रका नागरिकका लागि निशुल्क औषधी बितरण गरिएको नगर प्रमुख मन्जु मलासिले बताउनु भएको छ ।

दिर्घरोगीले सेवन गर्नु पर्ने औषधी काठमाण्डौं, नेपालगञ्जबाट खरिद गर्नु पर्ने भएका कारण जिल्लामा अवस्थित अस्पताल तथा मेडिकलमा विरामीले प्रयोग गर्दै आएको औषधी नपाइएपछि काठमाण्डौँबाट खरिद गरिएको हो ।

नगरपालिकाका मुटु, प्रेसर, सुगर,बाथ, नसा मानसिक रोग र थाइराइड सहितका विभिन्न प्रकारका ५८ औषधी काठमाडौंबाट खरिद गरि वितरण गरेको नगरपालिका  स्वास्थ्य संयोजक गणेश भण्डारीले बताउनु भएको छ ।

औषधी सेवन गर्न नपाएका दिर्घरोगीहरु औषधी पाएसँगै खुसी ब्यक्त गरेका छन । बुढापाखा र विरामीका लागि नगरपालिकाले गरेको काम घैरै राम्रो भएको दिपायल सिलगढी नगरपालिकाका वडा नंं ६ सिल गाउँकी मनु नेपालीले बताउनु भएको छ । बन्दाबन्दीको समयमा रूपैँया खर्च गर्दा पनि औषधी नपाउने समस्या झेल्न थालेपछि नगरपालिकाले निशुल्क औषधी वितरण गर्ने निर्णय गरेको हो ।