Saturday, 18, September, 2021 info@saipalnews.com

भीम रावल भवितब्यले राष्ट्रवादी नबनेको नेता रिजालको धारणा

काठमाडौं ३० वैशाख। नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्दीय सदस्य विष्णु रिजालले डा.भीम रावल भवितब्यले राष्ट्रवादी नभएको भन्दै राष्ट्रियताका सन्दर्भमा सदावाहार अग्रमोर्चामा रहेको धारणा सार्वजनिक गर्नु भएको छ ।पछिल्लो पटक नेता रावलले दृढतापूर्वक राष्ट्र र राष्ट्रियताका पक्षमा निरन्तर खवररदार गरिरहेको सन्दर्भमा डा.रावललाई प्रधानमन्त्री निकट रहेका युवा विधार्थीहरुले तल्लोस्तरमा गाली गरिरहेको तर्फ लक्षित गर्दै नेता रिजालले डा.रावल तथ्य, प्रमाण र आधारमा उभिएर तर्क गर्ने भएकोले ब्यक्तिगत आलोचना गर्नुको साटो आफ्नो अध्ययनको दायरा बढाएर प्रस्तुत हुन सुझाव दिनु भएको छ ।

नेता रिजालले आफ्नो धारण सार्वजनिक गर्ने क्रममा डा.रावलले अहिले सम्म अप्रमाणित र तथय बिपरितका कुरा बोले रेकर्ड नभएको तथ्य स्मरण गराउनु भएको छ । डा.रावलका कुरा मन परेपनि नपरेपनि गाली गरेर भन्दा पनि डा.रावलको भन्दा बढि जानकारी संकलन गरेर मात्र आलोचना गर्न सुझाव दिदै नेता रिजालले  राष्ट्रियताका पक्षमा दृढतापूर्वक अडान राखेवापत उछितो काढ्नेहरुले डा.भीम रावल दुई चार बर्षयता भवितब्यले ‘राष्ट्रवादी’ नभएको कुरा सामाजिक संजाल फेसबुकमा उल्लेख गर्नु भएको छ ।