Wednesday, 22, September, 2021 info@saipalnews.com

क्रान्ति गर्न यो भन्दा राम्रो सयम अरुबेला हुनै सक्दैन् !

कैलाली । सबैभन्दा धेरै सबैभन्दा ठुला वैज्ञानिक नासाले मात्र किन उत्पादन गर्छ ? उत्तर सजिलो छ नासाले प्लेटफर्म अथवा स्पेश दिन्छ । नासाले उत्पादन गर्ने वैज्ञानिकहरु सैसारभरि छरिएका छन तर किन प्रकट हुदैनन् भन्दा तिनिहरुले स्पेश पाएका छैनन् ।देशमा गणतन्त्र आयो,करिब २/३ को कम्यूनिष्ट सरकार बन्यो खुंखार कम्यूनिस्ट नेता कृषि मन्त्री बने धेरै मानिसमा केही आशा पलायो अब केही हुन्छकी? अह भएन अहिलेसम्म केही पनि !हाम्रो देशको अर्थतन्त्र अर्थात जीडिपि को करिब ३५।३६ प्रतिशत हिस्सा कृषि क्षेत्रले ओगट्छ । वर्तमान अवस्थामा उत्पादकत्व कम छ र यसलाई बढाउन वा विस्तार गर्न सकिन्छ ।

उत्पादकत्व बढ्नु भनेको राष्ट्रिय आम्दानी बढ्नु हो । राष्ट्रिय आम्दानी बढ्नु भनेको देशको आर्थिक विकास बृद्दि हुनु हो । यो हिसाबले सिधा साधा देशमा ठुलो जिम्मेवारी समाहल्ने मन्त्रालय वा मन्त्री भनेको कृषि मन्त्रालय वा कृषि मन्त्री हो ।

कोभिड १९ को महामारीले संसारभरको अर्थतन्त्र तहसनहस पारेको छ । हाम्रो अर्थतन्त्रलाई चलाएमान बनाइ महत्वपूर्ण योगदान दिने दुई वटा क्षेत्र रेमिट्यान्स र पर्यटन नराम्रोसँग प्रभावित भएका छन् । यसरी कोभिड १९ ले नेपालको अर्थतन्त्रलाई पनि नराम्रो प्रभावित पारेको छ । हामी चाइनाको जसरी कोभिड टेष्ट गर्ने किट, माक्स , भेन्टिलेटर, औषधी या यस्तै कुनै चिज उत्पादन गरी बेच्न नसकौला तर हामीले चाहने हो भने कृषि क्षेत्रमा क्रान्ति भने पक्कै ल्याउन सक्छौँ ।

आजसम्म कृषि क्षेत्रमा कहिले के के काम भए , कति भए भन्ने इतिहासको फेहरिस्त तिर नगई एउटा कुरा को निचोड हामी के पुग्न सक्छौ भने कृषि क्षेत्रमा जे जस्तो काम भयो त्यो प्रयाप्त भएन् । अब पनि त्यही तरिकाले काम गर्यो भने अब पनि कृक्षि क्षेत्रको विकास हुने वाला छैन् । कृषि उत्पादनलाई बढाएर देशको अर्थतन्त्रलाई केही हद सम्म बचाउन सकिन्छ । बचाउन मात्र होइन केही दशक सम्म – पर्यटन क्षेत्रको छलाङ्ग गरि विकाश नगर्दा सम्म ० भित्र देशलाई आत्मनिर्भर बनाउन सकिन्छ । आर्थिक बृ्द्दि गर्ने हो भने ठुलो क्रान्ती नगरी सुखै छैन् ।

के गर्न सकिन्छ त ?

पहिलो 

माथी नासाको प्रसङ्ग को निकाल्नु अर्थ नासाको जस्तै राज्यले स्पेश दिनु पर्यो भन्ने हो ।अर्थशास्त्रीका अनुसार जबसम्म कुनै देशको श्रमिक त्यही देशमा काम गरिरहेको हुदैन तबसम्म त्यो देशको विकाश हुदैन् । कोभिड –१९ को महामारी पश्चात धेरै दक्ष जनशत्ति आज भोली आ–आफ्नो घर फर्केका छन् ।

अझै आउने क्रम जारी छ । यो जनशत्तिलाई कृषि क्षेत्रमा लगाउने योजना बन्नु पर्यो । कसरी काम लगाउने वा लगाउन सकिन्छ भन्ने बारेमा धेरै विकल्पहरु हुन् सक्छन । तर मेरो विचारमा यो जनशत्ति स्वदेश फर्केका र स्वदेशमै रहेकालाई कृषिमा आवद्द गर्न वा कृषि पेशामा आवद्द गर्न उनिहरुलाई अन्न वा वाली जे पनि उत्पादन गर्न लगाउने र जसले जे–जती उत्पादन गर्छ त्यो बराबरको मौद्रिक मूल्य प्रोत्साहा स्वरुप राज्यले उपलब्ध गराउने । र उत्पादन गरेको सबै अन्न बालीमा उसैको हक हुने ।

यसो गरेमा कृषि उत्पादन पनि बढ्ने , आयस्रोत वा पैशा पनि कमाई हुने , बेरोजगारीको समस्या पनि समाधान हुने , दक्ष जनशत्ति बिदेशपलायन हुनबाट पनि रोकिने, पारिवारिक बिछोडको समस्यापनि समाधान हुने , कमाई भएको पैसाले शिक्षा स्वास्थ तथा मनोरोञ्जन जस्ता आवश्यकता पनि पूरा हुन जानेछन् । तसर्थ यो सबैभन्दा उत्तम विकल्प हो ।

दोस्रो 

इतिहासमा एक पटक अङ्गग्रेजसँग बाहेक नेपाली सेनाले कसैसँग युद्ध लडेको छैन् । हाम्रो देशमा करिब १ लाख ५ हजार सेना र ६० हजार २ सय १८ जना शसस्त्र प्रहरी र करिब८० हजार नेपाल प्रहरी छन । यो अवस्थामा नेपाली सेना र शसस्त्र प्रहरीलाई पनि हामी कृषि क्षेत्रमा लगानी गर्न सक्छौ । कम्तीमा उनिहरुलाई चाहिने खाद्यान्न , तरकारी र मासु को आफै उत्पादन गर्ने ।

समयको हिसाबले नेपाल प्रहरी बाहेक नेपाली सेना र शसस्त्र प्रहरीले यो काम गर्न सक्छन् । रासनपानी मार्फत उनिहरुलाई दिइदै आयको बजेटलाई तलब बृद्दि गरिदिने । यसो गर्दा सबै काम गर्न तत्पर हुन्छन ।

रासनपानीमा हुने भ्रष्टाचार हरायर जान्छ । अर्गानीक खाद्यान्नले बढी स्वास्थ्यलाभ हुन गई औषधी उपचारको बजेट कम हुन जान्छ । वैज्ञानिक तरिका अवलम्बन गर्न लगाई नमुनाको रुपमा स्थापित गर्न सकिन्छ र देशै भरी अनुशरण गर्न योग्य बनाएर अरुलाई पनि प्रोत्साहीत गर्न सकिन्छ । यसका लागी चाहिने जग्गा अपवाद बाहेक देशैभर लिजमा लिन सकिन्छ ।