Wednesday, 22, September, 2021 info@saipalnews.com

कालापानी लिपुलेकमा सशस्त्र प्रहरी राख्ने तयारी

काठमाडौं १ जेष्ठ । गृह मन्त्रालयले छाङरुमा शसस्त्र प्रहरी बल एपीएफको गुल्म बनाएर  राखेर त्यसको मातहतमा बोर्डर आउट पोष्ट बीओपी राख्ने तयारी गरेको छ।गृह मन्त्रालयले पश्चिम नेपालको सिमावर्ती लिपुलेक कालापानी क्षेत्र हेर्न छाङरुमा तत्काल बीओपी पठाउने तयारीअनुसार बुधबार त्यहाँ बीओपी स्थापना भएको थियो। हाल यो बीओपी रहेको भवन भाडामा छ।

एक सय ६५ जना शसस्त्रको टोली रहने गुल्म बनाउने योजनासहित १५ रोपनी जग्गामा ९ करोडको लगानीबाट भवन बनाउने गृहको तयारी छ। यसका लागि शसस्त्र प्रहरी बलले नाप लिने काम गरिसकेको छ।