Saturday, 18, September, 2021 info@saipalnews.com

नेस्वहोमयुद्धारा मजदुरहरुलाई राहत वितरण

काठमाडौँ १ जेष्ठ। नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन केन्द्रीय कमिटीले बन्दाबन्दीको कारण समस्यामा परेकाहरुलाई खाद्यन्न सामग्री वितरण गरेको छ । काठमाडौँका विभिन्न स्थानमा रहेका साना होटल, लज, रेष्टुरेण्ट, दोहोरी, डान्सबारहरुमा काम गर्ने मजदुरहरुलाई राहत सामग्री वितरण गरेको हो ।

जस्तै गोंगबु ३१ जना र थापाथलीमा १९ जना गरी जम्मा ५० जना मजदुरहरुलाई खाद्य सामग्री वितरण गरिएको हो । न्य्रनतम तलब भत्तामा काम गर्दै आएका मजदुरहरु लामो समयसम्म बन्दाबन्दी भएपछि उनीहरुलाई समस्या परेको हुदाँ चामल, दाल, नुन तेल लगायतका खाद्य सामग्री वितरण गरिएको हो ।

स्थानीय निकायसंग समन्वय गरि नेस्वहोमयु केन्द्रीय कमिटीका अध्यक्ष सुर्यबहादुर कुँवर, उपाध्यक्ष बंशी भट्टराई, उपमहासचिब दिनेश घिमिरे र सदस्य दानबहादुर धिमाल उपस्थितभई राहत सामग्री वितरण गरिएको उपमहासचिब घिमिरेले जानकारी दिनुभएको छ ।