Saturday, 18, September, 2021 info@saipalnews.com

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ५८ पुग्यो

काठमाडौँ २  जेष्ठ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।उनीहरु मध्ये एक जना मकवानपुरका ३७ वर्षीय पुरुष छन् भने बाँकी बाँके नैरापुरको वडा नम्बर १, ३ र ५ का ८ जना पुरुष छन् ।

उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।